Thursday, April 16News That Matters

विभिन्न माागसहित अनेरास्ववियु खोटाङले पठायो प्रधानमन्त्रीलाई हस्ताक्षर

संकलित हस्ताक्षर प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहाललाई बुझाउँदै अनेरास्ववियुको टोली ।

खोटाङ, पुस ६ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु खोटाङले विभिन्न मागसहित १ हजार ५ सय विद्यार्थीको हस्ताक्षर संकलन गरेर सरकारलाई बुझाएको छ । शैक्षिक कर्जा कार्यान्यवन गर्न, यातायातमा विद्यार्थीलाई सहुलियत कायम गर्न, कालोबजारी र महंगी नियन्त्रण गर्न दबाबस्वरूप अनेरास्ववियुले प्रधानमन्त्री शेरबहादुर देउवालाई हस्ताक्षर पठाएको हो ।

५० हजार विद्यार्थीको हस्ताक्षर संकलन गर्ने अनेरास्ववियु प्रदेश १ कमिटिको कार्यक्रम अनुसार अनेरास्ववियु जिल्ला कमिटि खोटाङले सोमबार हस्ताक्षर संकलन अभियान सञ्चालन गरेको थियो । संकलित हस्ताक्षर आज जिल्ला प्रशासन कार्यालय खोटाङमा पुगेर प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहाललाई बुझाइएको छ ।

हस्ताक्षर बुझ्दै प्रजिअ दाहालले जायज माग आएकाले चाँडै प्रधानमन्त्री समक्ष पु¥याउने बताउनुभएको अनेरास्ववियुु खोटाङका जिल्ला कमिटि सचिवालय सदस्य विष्णु उपरकोटीले जानकारी दिनुभयो ।

अनेरास्ववियुको आन्दोलनबाट प्राप्त महत्त्वपूर्ण र ऐतिहासिक उपलब्धिलाई कमजोर बनाउने हेतुले सरकारले गतिविधि गरिरहेको बताउँदै अनेरास्ववियुले उक्त कदमको भत्र्सना गरेको छ ।
आफ्ना माग तत्काल सम्बोधन गर्ने दिशामा सरकार नगए थप सशक्त प्रतिरोध गर्ने अनेरास्ववियुले चेतावनी दिएको छ ।

अनेरास्ववियु दिक्तेल बहुमुखी क्याम्पस अध्यक्षमा दयाराम भट्टराई

नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को दिक्तेल बहुमुखी क्याम्पस अध्यक्षमा दयाराम भट्टराई चयन हुनुभएको छ । अनेरास्ववियुको आज सम्पन्न १९ औँ क्याम्पस सम्मेलनले बि.एड दोस्रो वर्ष अध्ययनरत भट्टराईको अध्यक्षतामा ३७ सदस्यीय अ‍ेनरास्ववियु क्याम्पस कमिटि गठन गरेको हो ।

कमिटिको उपाध्यक्षमा सुनिता राई, सचिवमा सन्तोष आचार्य, सह–सचिवमा अशोक राई, एन्डिज राई र पारस भुजेल र कोषाध्यक्षमा हिराकाजी श्रेष्ठ चयन हुुनभएको छ ।

यस्तै सम्मेलनले महिला विभागमा सृजना अधिकारीलाई चयन गरेको छ ।