Thursday, April 16News That Matters

खोटाङमा आफैले ढालेको रुखले किचेर एक जनाको ज्यान गयो

खोटाङ, पुस ६ । जिल्लाको रावाबेसी गाउँपालिका–३, तीनतिर्पामा रुख काट्ने क्रममा एक जनाको ज्यान गएको छ । स्थानीय नरबहादुर केप्छाकी मगरको आज करिब मध्यान्ह १२ बजेतिर घर नजिकै रहेको सल्लाको रुख काट्ने क्रममा सोही रुखले ढलेर थिच्दा ज्यान गएको स्थानीय सुनिल खतिवडाले जानकारी दिनुभयो ।

घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय हलेसी र प्रहरी चौकी अर्खौलेबाट गएको प्रहरी टोलीले शवको मुचुल्का उठाएको बताइएको छ । मृतकको शव पोष्टमाार्टका लागि जिल्ला सदरमुकाम दिक्तेल लैजाने तयारी भइरहेको छ ।