
खोटाङ, पुस ६ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १४ बुईपाका सुसन श्रेष्ठले ९ बर्षको उमेरमा जन्मदर्ता प्रमाणपत्र पाएका छन । सुसन आमाको मृत्यु पश्चात हलेसी तुवाचुङ नगरपालिका ५ दुर्छिममा मामाघरमा बस्दै आएका छन । ९ बर्ष पुग्दा समेत जन्मदर्ता नभएपछि विद्यालयमा अध्यान गर्न समेत उनलाई समस्या भएको थियो । नाताले सुसनको क्षमा (सानीआमा) पर्ने नम्रता राईले चन्द्र सुर्य साझा बाल मञ्चलाई आग्रह गरेपछि बालमञ्चको पहलमा सुसनले जन्मदर्ता प्रमाणपत्र प्राप्त गरेका छन ।
सुसनकी आमा र सुसनको बुवाले भागेर अन्तरजातिय बिहे गरेका थिए । आमाको मृत्यु पश्चात वुबाले वास्ता नगरेपछि सुसन मामाघरमा बस्दै आएका छन । जन्मदर्ताको लागि पटक पटक सुसनको वुबा गोबिन्द श्रेष्ठलाई आग्रह गरिएपनि व्यवास्ता गरेपछि सुसनकि कोकु (हजुरआमा) कृष्ण कुमारी श्रेष्ठको सहयोगमा वडाकार्यलयले सुसनलाई जन्मदर्ताको प्रमाणपत्र प्रदान गरेको बाल मञ्चकी तारा राईले बताउनु भयो ।
मोतिराज राईको अध्यक्षमा हलेसी तुवाचुङ नरपालिकामा लामो समयदेखि चन्द्र सुर्य साझा बाल मञ्चले बालबालीकाको क्षेत्रमा काम गर्दै आएको छ । बालमञ्चले आफ्नो शाखा जिल्लाको अन्य ठाउँमा पनि बिस्तार गर्दैलाने क्रममा रहेको राईले बताउनु भयो ।
