
खोटाङ, पुस ९ । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपलिका–१४ स्थित वुइपा स्वास्थ्य चौकीमा प्रयोगशाला सेवा सुरु भएको छ । आधारभूत स्वास्थ्यमा सहज पहुँच पु¥याउने उद्देश्यले स्वास्थ्य चौकीमा प्रयोगशाला सञ्चालनमा ल्याइएको नगरपालिकाले जनाएको छ ।
वडाको माग अनुसार नगरको स्वास्थ्य शाखाले स्वास्थ्य चौकीमा ल्याबका लागि आवश्यक उपकरण उपलब्ध गराएको हो । ल्याबको बिहिबार नगरपालिकाका मेयर दीपनारायण रिजाल र उपमयेर विणादेवी राईले संयुक्त रूपमा उद्घाटन गर्नुभएको थियो ।
स्वास्थ्य चौकीमा ल्याब सञ्चालनपछि बिरामीलाई न्यूनतम मूल्यमा सेवा उपलब्ध हुने वुइपाका वडाध्यक्ष दिनेश राईले बताउनुभयो । रगत, दिसा पिसाब जाँच लगायत २० प्रकारका स्वास्थ्य सेवा ल्याबबाट उपलब्ध हुुने स्वास्थ्य चौकीले जनाएको छ ।
गर्भवती र सुत्केरी महिलालाई प्रयोशाला सेवा निःशुल्क हुने स्वास्थ्य चौकीकी ल्याब असिस्टेन्ट अमिता श्रेष्ठले जानकारी दिनुभयो ।

