Saturday, April 18News That Matters

नेपाल शिक्षक संघ खोटाङको अध्यक्षमा मेजर राई

मेजर राई

खोटाङ, पुस ११ । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल शिक्षक संघ खोटाङको अध्यक्षमा मेजर राई विजयी हुनुुभएको छ । सदरमुकाम दिक्तेलमा सम्पन्न ९औँ जिल्ला अधिवेशनबाट राई अध्यक्षका प्रत्याशी जयन्ती राईलाई १४१ मतको फराकिलो अन्तरले पछि पार्दै विजयी हुनुभएको हो ।

अध्यक्षका लागि जम्मा ६४७ मत खसेकोमा ४ मत बदर भएको थियो । अध्यक्षमा विजयी राईले ३८८ र प्रत्याशी राईले २४७ मत प्राप्त गर्नुभयो ।

अध्यक्षमा विजयी राई यसअघि नेपाल शिक्षक संघ खोटाङको जिल्ला कार्यसमिति सह-सचिव हुनुहुन्थयो । उहाँ हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित दुर्छिम माध्यमिक विद्यालयका प्रधानाध्यापक पनि हुनुहुन्छ ।

यस्तै खुला उपाध्यक्षमा ३१५ मत ल्याएर सुमन खत्री विजयी हुनुभएको छ । खुुला उपाध्यक्षका अरू दुई उम्मेद्वार पवनकुमार बस्नेतले २०७ र ज्ञानेन्द्रकुमार राईले ६८ मत ल्याउनुभयो ।

यस्तै महिला उपाध्यक्षमा मुना चौलागाईं सर्वाधिक ४३७ मत ल्याएर विजयी हुनुभएको छ । महिला उपाध्यक्षका अर्का उम्मेद्वार कुसुमकुमारी घिमिरले १५९ मत प्राप्त गर्नुभयो ।

खुल्ला सचिवमा राजन खड्का ३६९ मत ल्याएर विजयी हुुनुभएको छ । सचिवका अरू दुई उम्मेद्वार देवचन्द्र ढकालले १०६ र ढकप्रसाद घिमिरले ११७ मत पाउनुभयो ।

अर्थ सचिवमा ३९६ मतसहित कुमार खनाल, सह–सचिवमा ३४४ मतसहित गुमानसिंह सुनुवार विजयी हुनुुभएको छ भने महिला अर्थ सचिवमा कमला थापा देउजा र सह–सचिवमा गीतादेवी भण्डारी निर्विरोध चयन हुनुभएको छ ।

यस्तै समावेशी सह–सचिवमा ईश्वर राई ३७२ र गोपाल विक ३१६ मतसहित विजयी हुुनुभएको छ ।

सदस्यहरूमा ४१२ मतसहित नारायण बस्नेत, ३९२ मतसहित केदार दाहाल, ३३९ मतसहित रवि खड्का र ३३२ मतसहित मन्दीप राई विजयी हुनुभएको छ भने जमुना थापा, चित्रकला कार्की र निर्मला राई निर्विरोध चयन हुुनुुभएको छ ।

यस्तै प्रदेश अधिवेशन प्रतिनिधिमा डिल्लीप्रसाद बञ्जारा, मणिराज राई, चूडाकुमार खुलाल, भगवती निरौला र रमाकुमारी बस्नेत कार्की निर्विरोध चयन हुनुभएको छ ।

संघीय महाधिवेशन प्रतिनिधिमा ३५४ मतसहित शिवहरि ढकाल, ३२९ मतसहित पदमबहादुर कार्की, ३२५ मतसहित गोकुल रोकाय विजयी हुनुभएको छ भने निर्मला राई निर्विरोध चयन हुनुभएको छ ।