
खोटाङ, पुस १३ । खोटाङमा प्रहरीले भेट्टाएको मोबाइलफोन सम्बन्धित ब्यक्तिलाई दिएको छ । इलाका प्रहरी कार्यलय हलेसीको प्रहरी टोलीले भेट्टाएको फोन सम्बन्धित ब्यक्तिलाई दिएको हो ।
आज राती बिहान २ बजे प्रहरी टोलीले हलेसी मन्दिरमा नोकिया कम्पनीको उक्त मोबाइल फोन भेट्टाएको थियो । मोबाइल सोहि स्थानका मनोज गिरीको रहेको थाहापाएपछि प्रहरीले सम्बन्धित ब्यक्ति गिरीलाई फोन बुझाएको इलाका प्रहरी कार्यलय हलेसीले जनाएको छ ।
