
खोटाङ, पुस १४ । आज देशैभर बर्षासँगै हिमाली जिल्लाहरुमा भारी हिमपात भएको छ । खोटाङका रुपाकोट, टेम्केडाँडा, बहानेपोखरी, मैयुङडाँडा, लगायतका उच्च स्थानमा सामान्य हिमपात भएको छ भने अन्य ठाउँमा भारी बर्षाका कारण चिसो अत्याधिक बढेको छ ।
चिसो बढेसँगै खोटाङको जन्तेढुंगा गाउँपालिकाले एक हप्ताका लागि विद्यालय बन्द गरेको छ । गाउँपालिकाले पुस १५ अर्थात भोली देखि पुस २३ गते सम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
चिसोले बालबालीका र बृद्धबृद्धालाई बढी असर गर्ने भएको हुँदा देशैभर विद्यालय बन्द गर्न विज्ञले सुझाव दिएका छन । यता जन्तेढुंगा गाउँपालिकाले पनि विद्यार्थीको स्वास्थ्यलाई मध्यनजर गरेर विद्यालय बन्द गर्ने निर्ण गरिएको गाउँपालिकाले जनाएको छ ।
