Wednesday, April 15News That Matters

दिक्तेल रुपाकोट मझुवागढीका १ हजार कृषकले २ लाख सम्म कर्जा पाउने

समझदारी पत्रमा हस्ताक्षर हुँदै । तस्वीर : उपमेयर राईको फेसबुकवालबाट

खोटाङ, पुस १५ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका भित्रका करिब एक हजार कृषकले दुई लाख सम्म कर्जा पाउने भएका छन । अब कृषकले बैंकबाट ५ वर्षका लागि प्रतिकृषक बढिमा २ लाख सम्म सहुलियतपूर्ण कर्जा स्वीकृत गरी कृषीमा लगानी गर्न पाउने नगरपालिकाकी उपमेयर बिणादेवी राईले जानकारी दिनुभयो ।

उपमेयर राईका अनुसार कृषकलाई सहुलियतपूर्ण कर्जा उपलव्ध गराउने लक्ष्यका साथ नगरपालिका, ग्लोवल आइएमई बैंक र आर एण्ड डि इनोभेटिभ सोलुसन प्रालि बिच कर्जा सहजीकरण सम्वन्धी समझदारी गरिएको छ ।

कृषि क्षेत्रको व्यवसायिकतामार्फत आत्मनिर्भर कृषक निर्माणका लागि आर एण्ड डि इनोभेटिभ सोलुसन प्रालिका प्रमुख कार्यकारी अधिकृत सुनिता न्हेमाफुकी, ग्वोवल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपमेयर बिणादेबी राईले बुधबार त्रि–पक्षीय समझदारी–पत्रमा हस्ताक्षर गरेका छन् ।

कर्जा कार्यक्रम हस्ताक्षर गरेकै मितिबाट एक बर्षसम्म लागु हुनेछ ।