Wednesday, April 15News That Matters

नेपालका चर्चित र्‍यापर  ‘लाउरे’ पक्राउ 

पुस १५ । नेपालका चर्चित र्‍यापर  आशिष राना ‘लाउरे’ पक्राउ परेका छन । लागूऔषध सम्बन्धी कसूरमा उनलाई बुधबार पोखराबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी रमेश थापाले जानकारी दिनुभयो ।

प्रहरीले रानासँगै उनका चार जना साथीलाई पनि पक्राउ गरेको छ । लागूऔषध सेवन गर्दै गरेको अवस्थामा उनिहरुलाई पक्राउ गरिएको प्रहरीको भनाई छ । आज अदालत बिदा भएकाले भोली अनुसन्धानका लागि अनुमति लिएर थप प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।