Wednesday, April 15News That Matters

काठमाण्डौबाट दिक्तेल आउदै गरेको सुमो हलेसीमा दुर्घटना, ७ जना घाइते

खोटाङ, पुस १५ । काठमाण्डौबाट दिक्तेल आउदै गरेको सुमो हलेसीमा दुर्घटना भएको छ । ना १ ज ४९५६ नम्बरको सुमो मध्य पाहाडि लोकमार्ग अन्तरगत हलेसी तुवाचुङ नगरपालिका ७ गुँरासेमा अन्यत्रित भइ सडकबाट १० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय खोटाङले जनाएको छ ।

आज करीब साँझ ५ बजे भएको दुर्घटनामा सुमोमा सवार ७ जनानै घाइते भएका छन । घाइते मध्ये दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका दुईका ६२ बर्षका काजिमान राईको दाहिने हातको ३ वटा औला चुट्टिएको छ । १ बर्षका नाबालक सहित अन्य ६ जनालाई सामान्य चोट लागेको छ ।

घाइतेको इलाका प्रहरी कार्यलय हलेसीको प्रहरी टोलीले उद्दार गरी ओमबाबा पोलिक्लीनिक मेडिकल हलेसीमा उपचार भईरहेको छ । सुमो चाल फरार रहेको प्रहरीको भनाई छ ।