Thursday, April 16News That Matters

जिल्ला सहकारी संघ खोटाङको अध्यक्षमा मिलन चाहार निर्वाचित

नवनिर्वाचित अध्यक्ष चाहार

खोटाङ, पुस १७ । जिल्ला सहकारी संघ खोटाङको अध्यक्षमा मिलन चाहार निर्वाचित हुनु भएको छ । संघको चौथो अधिवेशन एवं साधारण सभाले आज चाहारको अध्यक्षतामा ११ सदस्सीय पदाधिकारी सर्वसम्मत निर्वाचित गरेको हो ।

संघको उपाध्यक्षमा सनमान खड्का, सचिवमा दिपेन्द्र राई, कोषाध्यक्षमा सरिता राई सर्वसम्मत निर्वाचित हुनु भएको छ । सदस्यहरुमा रघुनन्द राई, जेपि राई, पर्शुराम बिश्वकर्मा, मनोज बजिमय, गोपाल आचार्य निर्वाचित हुनु भएको छ भने अन्य दुई जना सदस्य पछि थप्ने निर्णय भएको नवनिर्वाचित अध्यक्ष चाहारले जानकारी दिनुभयो । यस्तै लेखा सुपरिवेक्षण समितिमा कबिकुमार राई र ध्रुव श्रेष्ठ निर्वाचित हुनुभएको छ ।

पुर्व जिल्ला सहकारी संघ खोटाङका अध्यक्ष नुरकाजी सैजुको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सभाले आर्थिक बर्ष २०७८\७९ को लागि नीति तथा कार्यक्रम पारित गरेको छ । आ.व २०७७\७८ को खर्च अनुमोदन तथा २०७८\७९ को लागि प्रस्ताबित बजेट पारित र चालु आ.व को लेखापरिक्षक नियुक्ति र पारिश्रमिक निर्धारण लगायतका निर्णय गरेको छ ।

यस्तै सोहि सभाले प्रदेश सहकारी संघको सदस्यका लागि सुमन श्रेष्ठलाई सर्वसम्मत निर्वाचित गरेको अध्यक्ष चाहारले बताउनु भयो ।