
खोटाङ, पुस १७ । नेपाली कांग्रेस रावाबेसी काठमाडौँ सम्पर्क समितिको सभापतिमा घनश्याम श्रेष्ठ चयन हुनु भएको छ । आज सम्पन्न नेपाली कांग्रेस रावाबेसी काठमाडौँ सम्पर्क समितिको भेलाले श्रेष्ठको सभापतित्वमा १७ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।
समितिको उपसापतिमा कैलास के.सी र चन्द्र दर्लामी, सचिवमा एलिना पाण्डे, सह–सचिवमा ददिराम भट्टराई र कोषाध्यक्षमा जय मगर सर्वसम्मत चयन हुनु भएको नेपाली कांग्रेस रावाबेसी गाउँपालिका सचिव चिरन्जीवी कार्कीले जानकारी दिनुभयो ।
