
खोटाङ, माघ १० । खोटाङमा कोरोनाका भाइरस (कोभिड–१९) का सक्रिय संक्रमितको सङ्ख्या एक सय नाघेको छ । जिल्लामा हिजो ९४ जना सक्रिय संक्रमित थिए । आज १९ जना नयाँ संक्रमित थपिएसँगै सक्रिय संक्रमितको सङ्ख्या १ सय १३ पुगेको जिल्ला स्वास्थ्य कार्यालय खोटाङले जनाएको छ ।
आज जिल्लाका बिभिन्न ठाउँमा ६७ जनाको एन्टिजेन परिक्षण गर्दा १९ जनामा संक्रमण पुष्टि भएको हो । नमुना परिक्षण गरिएको मध्ये २८.३९ प्रतिशतमा कोरोना देखिएको छ । जिल्लाका हाल सम्म ३ हजार १ सय ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमणका कारण १५ जनाको ज्यान गएको छ भने ३ हजार ४४ जनाले कोरोना परास्त गरेका छन ।
