Thursday, April 30News That Matters

शिक्षा समन्वय इकाइ सोलुखुम्बुका सब–इन्जिनियर यादवमाथि हातपात र दुव्र्यवहार

खोटाङ, माघ १७ । शिक्षा समन्वय इकाइ सोलुखुम्बुका सब–इन्जिनियर पवनकुमार यादवमाथि हातपात र दूव्र्यवहार भएको छ । रकम हिनानिमा आरोपमा विप्लव कार्यकर्ताले कालोमोसो र जुत्ताको मालासहित यादवमाथि हातपात गरेका हुन् ।

सब–इन्जिनियर यादवले विद्यालय भवन निर्माण गर्दा रकम हिनामिना गरेको आरोप लगाउँदै सोमवार दिउँसो कार्यालयमै पुगेका विप्लव निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का कार्यकर्ताले यादवलाई हातपात गर्दै कालोमोसो र जुत्ताको माला लगाइदिएको प्रत्यक्षदर्शीले बताएका छन् । दिउँसो १ बजेतिर मास्क लगाएर नचिनिने गरी कार्यालयमा आएका १० जना युवाले नाराबाजीसहित आफूलाई हातपात गर्दै कालोमोसो र जुत्ताको माला लगाइदिएको पीडित यादवले बताउनुभयो । हातपातपछि विद्यार्थी युनियनले कार्यालयको मुख्य द्वारमा प्रेस विज्ञप्तिसमेत टाँसेको छ ।

युनियनका संयोजक एकराज राईद्वारा हस्ताक्षरित विज्ञप्तिमा शिक्षा समन्वय इकाइका सब–इन्जिनियरहरू पवनकुमार यादव र नवीनकुमार सिंहले महाकुलुङ गाउँपालिका क्षेत्रको विद्यालय भवन निर्माण गर्दा भ्रष्टाचार गरेको आरोप लगाइएको छ । आफूहरूले त्यो रकम विद्यालयलाई फिर्ता गर्न पटक–पटक आग्रह गरे पनि बेवास्ता गरेका कारण साङ्केतिक रूपमा कारबाही गरिएको विज्ञप्तिमा उल्लेख छ । साथै त्यो रकम तत्काल फिर्ता नगरे भौतिक कारबाही गर्नेसमेत चेतावनी दिइएको छ ।

ब इन्जिनियरद्वयले महाकुलुङको कैलाश प्राथमिक विद्यालय भवन निर्माण गर्दा नौ लाख ९० हजार, पेल्माङ माध्यमिक विद्यालयमा ५० हजार, बाखोर र चेपेल निम्न माध्यमिक विद्यालयमा ३५–३५ हजार र खिरौले निम्न माध्यमिक विद्यालयमा ७५ हजार रुपैयाँ भ्रष्टाचार गरेको आरोप लगाइएको छ ।

घटनापछि फरार भएका विप्लव निकट कार्यकर्ताको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

यस्तो छ विज्ञप्ति–

?????????