Thursday, April 16News That Matters

खोटाङमा बिदाको दिन सरकारी सवारी साधनको दुरुपयोग

फाइल तस्वीर ।

खोटाङ, फागुन १ । खोटाङमा सार्वजनिक बिदाको दिन सरकारी सवारी साधनको दुरुपयोग भएको पाइएको छ । शनिबार बिना पास चलाएको भन्दै प्रहरीले चार वटा सरकारी मोटरसाइकल नियन्त्रणमा लिएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ वडा कार्यालयको बा २ ब ९४४८ नम्बरको मोटरसाइकल, दोर्पाचिउरीडाँडा वडा कार्यालयको बा २ ब ९३५५ नम्बरको मोटरसाइकल, केपिलासगढी गाउँपालिका–५ सप्तेश्वर वडा कार्यालयको को २ ब १३६८ नम्बरको मोटरसाइकल र लोकसेवा आयोगको कार्यालय खोटाङको प्रदेश ३–०२–००१ ब १५३० नम्बरको मोटरसाइकल नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक सागर शाहले जानकारी दिनुभयो ।

अब उप्रान्त सार्वजनिक बिदाको दिन दुरुपयोग नगर्ने शर्तमा छाडिएको र मोटरसाइकल सम्बन्धित कार्यालयलाई बुझाइएको शाहले बताउनुभयो ।