Thursday, April 16News That Matters

खोटाङमा कोरोनाका सक्रिय संक्रमितको संख्या एक सयभन्दा तल

खोटाङ, फागुन १ । खोटाङमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या १  सयभन्दा तल झरेको छ । अघिल्लो दिनसम्म १  सय २ जना सक्रिय संक्रमित रहेको जिल्लामा आज एकैदिन २४ जना निको भएसँगै यो संख्या ८० मा झरेको हो ।

जिल्लामा पछिल्लो समय दैनिक थपिने संक्रमितको भन्दा निको हुनेको संख्या निरन्तर बढ्दो छ । नमुना परीक्षण गरिएकामध्ये पनि जिल्लामा पछिल्लो समय संक्रमण निकै कममा देखिने गरेको छ । जिल्लामा आज एकैदिन २४ जना सक्रमणमुक्त हुँदा २ जना मात्र नयाँ संक्रमित थपिएका छन् ।

विभिन्न स्थानमा गरिएको २० जनाको एन्टिजेन परीक्षणमा २ जनामा मात्र संक्रमण देखिएको स्वास्थ्य कार्यालयका प्रमुख पुण्यप्रसाद सिग्देलले जानकारी दिनुभयो । संक्रमित सबै होम आइसोलेसनमा रहेका उहाँले बताउनुभयो ।