Saturday, April 18News That Matters

खोटाङमा भीरबाट लडेर एक महिलाको मृत्यु

फाइल तस्वीर ।

खोटाङ, फागुन २ । भीरबाट लडेर खोटाङमा एक जना महिलाको ज्यान गएको छ । जन्तेढुंगा गाउँपालिका–६ केराबारीकी ४० वर्षीया इन्द्रकला मगरको भीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

आइतबार बेलुुका ५ः१५ बजे केराबारीस्थित दामिरबोटे भन्ने ठाउँबाट बिउ राख्ने धान बोकेर घर फर्कँदै गर्दा नजिकैको स्याउखोला भीरबाट लडेर मगरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सागर शाहले जानकारी दिनुभयो । उहाँका अनुसार भीर नजिकैको गोरेटो बाटोबाट करिब ५७ मिटर तल अँगेरीको रुखमा अल्झिएको अवस्थामा मगरको शव भेटिएको हो ।

अबेरसम्म घर आइनपुगेपछि उहाँका श्रीमान् सम्बर राईले खोजी गर्ने क्रममा राति ९ बजे शव फेला परेको इलाका प्रहरी कार्यालय चिसापानीलाई जानकारी गराउनुभएको थियो । घटनाको जानकारीपछि इलाका प्रहरी कार्यालय खोटाङबजार र चिसापानीबाट खटिएको प्रहरी टोलीले कानुुनी प्रक्रिया पूरा गरेर शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र चिसापानी पठाएको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान कार्य आगडि बढाइएको प्रहरीले जनाएको छ ।