Friday, April 17News That Matters

प्रजातन्त्र दिवसमा खोटाङका ५ जना कैदीबन्दीको सजाय मिनाहा

फाइल तस्वीर ।

खोटाङ, फागुन ७ । ७२ औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा खोटाङका ५ जना कैदबन्दी रिहा भएका छन् । असल चालचलन भएका ६ जना कैदीबन्दीको कैद मिनाहाका लागि कारागार व्यवस्थापन विभाग, काठडमाडौंलाई सिफारिस गरिएकोमा ५ जनाको भुक्तान गर्न बाँकी कैद मिनाहा भएको जिल्ला कारागार खोटाङले जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा कैदीबन्दीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा दिनुभएको हो ।

कैद मिनाहा हुनेमा पाँचै जना पुरुष रहेका छन् । कर्तव्य ज्यान मुद्दाका २, ज्यान मार्ने उद्योगका २ र डाँका मुद्दाका १ जना कैदीको भुक्तान गर्न बाँकी कैद मिनाहा भएको जिल्ला कारागार खोटाङका कार्यालय सहयोगी ज्ञानप्रसाद आचार्यले जानकारी दिनुभयो ।

प्रजातन्त्र दिवसको अवसरमा सरकारले देशभरका ५ सय १ जना कैदीबन्दीको कैद सजाय माफी दिएको छ ।