Friday, April 17News That Matters

दिक्तेल बजारमा नक्कली मह बिक्री गरिरहेका एक जना पक्राउ

सांकेतिक तस्वीर ।

खोटाङ, फागुन ७ । नक्कली मह बिक्री गरिरहेको अवस्थामा खोटाङमा १३ वर्षीय एक किशोर पक्राउ परेका छन् । जिल्ला सदरमुकाम दिक्तेल बजारबाट महजस्तो देखिने ५ केजी पदार्थसहित अन्देश करौडीलाई आज (शनिबार) प्रहरीले पक्राउ गरेको हो ।

बजारमा नक्कली मह बिक्री भइरहेको जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । करौडीसँगै मह बिक्री गरिरहेका अर्का एक जना फरार रहेका छन् । उनको खोजिभइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सागर साहले जानकारी दिनुभयो ।

जिल्लामा नक्कली मह बिक्री भइरहेको भन्दै यसअघि उद्योग बाणिज्य संघ खोटाङले सबैलाई सचेत रहन आग्रह समेत गरेको थियो ।