Thursday, April 16News That Matters

दुवेकोलका वृद्धवृद्धालाई निःशुल्क न्यानो कपडा र विद्यार्थीलाई पोशाक

न्यानो स्वेटर प्रदान गर्दै रावाबेसी गाउँपालिकाका अध्यक्ष निरौला

खोटाङ, फागुन ११ । रावाबेसी गाउँपालिका–५, दुवेकोलका वृद्धवृद्धाले न्यानो कपडा र विद्यार्थीले पोशाक निःशुल्क पाएका छन् । वडाभित्रका ७५ वर्षमाथिका वृद्धवृद्धालाई ऊनको स्वेटर र टोपी, विद्यार्थीलाई विद्यालय पोशाक वडाले निःशुल्क प्रदान गरेको हो ।

वडाबाट आर्थिक वर्ष २०७८/०७९ मा विनियोजित रु. ३ लाख बजेटबाट पोशाक वितरण गरिएको वडासचिव शेरबहादुर दाहालले जानकारी दिनुभयो । ७५ वर्षमाथिका ६२ जना वृद्धवृद्धाले ऊनको न्यानो स्वेटर र टोपी पाएका छन् । यस्तै वडामा रहेका तीन वटा विद्यालय गंगोदय माध्यामिक, कालिका आधारभूत, खेती प्राथामिक विद्यालय र बालविकास केन्द्रका गरी जम्मा ४०० जना विद्यार्थीले विद्यालय पोशाक पाएका छन् । विद्यालय पोशाकमा छात्रलाई शर्ट पाइन्ट र छात्रालाई शर्ट फ्रक वितरण गरिएको सचिव दाहालले बताउनुभयो ।

हिजो र आज दुई दिन सम्पन्न वितरण कार्यक्रमको प्रमुख अतिथि रावाबेसी गाउँपालिकाका अध्यक्ष लिलानाथ निरौला र विशेष अतिथि दुवेकोलका वडाध्यक्ष गणेश थापा मगर रहनुभएको थियो ।