Thursday, April 16News That Matters

गंगोदय माविको नवनिर्मित भवन र अपाङ्ग मैत्री शौचालय उद्घाटन

अपाङ्ग मैत्री शौचालय

खोटाङ, फागुन १३ । रावाबेसी गाउँपालिका ५ दुवेकोल स्थीत गंगोदय माध्यमिक विद्यालयको नवनिर्मित भवन र अपाङ्ग मैत्री शौचालयको उद्घाटन गरिएको छ । रोटरी क्लब अफ द हिमालय गोर्खाज युकेले निर्माण गरेको भवन आज एक कार्यक्रमका बीच उद्घाटन गरेको विद्यालयले जनाएको छ ।

गोर्खाज युकेको १५ लाख लगानिमा विद्यालयको २ कोठे भवन र २१ लाख लगानिमा अपाङ्ग मैत्री शौचालय निर्माण भएको हो । निर्माण सम्पन्न भएसँगै आज उद्घाटन गरेर विद्यालयलाई जिम्मा लगाइएको गंगोदय माध्यमिक विद्यालयका शिक्षक दिपक श्रेष्ठले जानकारी दिनुभयो ।

उद्घाटन कार्यक्रमको प्रमुख अतिथी रोटरी कल्व अफ द हिमालयन गोर्खाजका अध्यक्ष सत्त बहादुर गुरुङ, बिशेष अतिथीको रुपमा गोर्खाजका जिल्ला प्रतिनिधि राजेश थापा र रावाबेसी गाउँपालिकाका अध्यक्ष लिलानाथ निरौला लगायत रहनुभएको थियो ।

नवनिर्मित भवन