खोटाङ, फागुन १४ । नेपाल विधुत प्राधिकरण दिक्तेलले बुइपा सव स्टेसनदेखि दिक्तेलसम्मको तार अपग्रेड गरिरहेको छ । विद्युतको भोल्टेज बढाउन र प्राविधिक चुहावट घटाउनकोलागि तार को साइज बढाउने (अपग्रेड गर्ने) काम भइरहेको प्राधिकरणले जनाएको छ ।
दिक्तेल फिडरको ११ के भि लाईनमा अहिले ३० र ५० एमएम एसक्यु साइजको तार रहेको छ । त्यसलाई हटाएर ठुलो मोटो १०० एमएम एसक्यु साइजको तार लागाउने काम भइरहेको छ । जसबाट विद्युतको भोल्टेज बढ्ने, प्राविधिक चुहावट घट्ने र माग अनुसारको विद्युत प्रवाह हुने नेपाल विधुत प्राधिकरण दिक्तेलका प्रमुख विजयराज रेग्मीले बताउनुभयो ।
प्रमुख रेग्मीका अनुसार अहिलेसम्म करीब ३ किलोमिटरसम्मको तार फेरिएको छ । दिक्तेलबाट बुइपासम्मको तार फेर्न अझै ८/९ दिन लाग्नेछ । बिशेषगरी शनिबार र अन्य दिनपनि ग्याप राख्दै काम भइरहेकाले काम भएको समयमा बुइपादेखि दिक्तेलसम्मको विद्युत आपुर्ती बन्द हुने प्रमुख रेग्मीको भनाइ छ ।
