Thursday, April 16News That Matters

बाल विकास शिक्षकलाई १५ हजार तलब दिने हलेसी तुवाचुङको निर्णय


खोटाङ, फागुन १४ । खोटाङको हलेसी तुवाचुङ नगपालिकाले सामुदायिक विद्यालयमा कार्यरत बाल विकास शिक्षक र विद्यालयका कर्मचारीलाई १५ हजार तलब दिने निर्णय गरेको छ । हिजो (शुक्रबार) बसेको नगर कार्यापालिकाको बैठकले यस्तो निर्णय गरेको हो ।

संघिय सरकारले दिने ८ हजारमा ७ हजार थपेर चैतबाट निकासा हुनेगरी १५ हजार तलब दिने निर्णय भएको नगरपालिकाकले जनाएको छ ।

सरकारले चालु आर्थिक वर्षको कार्यक्रममा बालविकास शिक्षक र कार्यालय सहयोगीको तलब बृद्धि गर्ने निर्णय गरेको थियो । सोही अनुसार हलेसी तुवाचुङ नगरपालिकाले तलब बृद्धि गर्ने निर्णय गरेको नगरपालिकाकले जनाएको छ ।

सरकारले तोके अनुसारको तलब बृद्धि गर्ने निर्णय गरेकोमा नेपाल शिक्षक महासंघ र नेपाल शिक्षक संघ हलेसी तुवाचुङ नगरपालिका कार्य समितिले नगरपालिकालाई धन्यवाद दिएका छन् ।

दश स्थानीय तह रहेको जिल्लाका केहि स्थानीय तहले मात्र अहिलेसम्म सरकारले तोके अनुसारको तलब दिएका छन् । धेरै जसो स्थानीय तहले स्रोत अभाव देखाउदै तलब बृद्धि गरेका छैनन् ।