Thursday, April 16News That Matters

धितुङका आमा समूहलाई विद्युतीय मिल र विपन्न दलित परिवारलाई फिल्टर प्रदान

खोटाङ, फागुन १५ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङले स्थानीय महिला आमा समूहलाई विद्युतीय कुटानी पिसानी मिल र अति विपन्न वर्गका दलित परिवारलाई पानी शुद्धीकरण गर्ने फिल्टर प्रदान गरेको छ । वडा कार्यालयले वडाका ८ वटा महिला आमा समूहलाई प्रति समूह १/१ वटा मिल र अति विपन्न वर्गका १ सय ५० दलित परिवारलाई प्रति परिवार १/१ वटा फिल्टर प्रदान गरेको हो ।

आइतबार वडा कार्यालयमा आयोजित कार्यक्रमका बीच नगरप्रमुख इवन राई र उपप्रमुख विमला राईको उपस्थितिमा मिल र फिल्टर वितरण गरिएको धितुङका वडाध्यक्ष पृथ्वीराज राईले जानकारी दिनुभयो । वडाले विनियोजन गरेको ४ लाख बजेटबाट मिल र २ लाख ५० हजार बजेटबाट फिल्टर खरिद गरी वितरण गरिएको हो ।

महिलाहरूको दैनिक घरायसी काममा कार्यबोझ घटाउन मिल र अति विपन्न वर्गका दलित परिवारलाई शुद्ध पिउने पानीका लागि फिल्टर प्रदान गरिएको वडाध्यक्ष राईले बताउनुभयो ।