खोटाङ, फागुन १९ । हलेसी तुवाचुङ नगरपालिका–६, मंगलटारस्थित सत्यश्वर साना किसान कृषि सहकारी संस्था लिमिटेडका सस्यहरूलाई पशुपालन व्यवस्थापन तथा उपचार सम्बन्धी तालिम प्रदान गरिएको छ । सहकारीको आयोजना र साना किसान लघुवित्त वित्तयि संस्था लिमिटेड, सुनसरीको आर्थिक सहयोगमा सहकारीका ५० जना सदस्यहरूलाई दुई दिने तालिम दिइएको हो ।
बुधबार र बिहिबार सञ्चालन भएको तालिमका सहभागीहरूलाई व्यावसायिक पशुपालन गर्दा ध्यान दिनुपर्ने कुरा, पशुहरूमा लाग्ने रोग र त्यसको उपचारलगायत विषयमा जानकारी प्रदान गरिएको सहकारीका प्रबन्धक खम्बराज कार्कीले जानकारी दिनुभयो ।
