
खोटाङ, चैत्र ०६ । जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङले फागुन महिनमा ट्राफिक नियम उल्लंघन गरी सञ्चालन गरिएका ५ सय वटा सवारी साधनलाई कारबाही गरेको छ । ट्राफिक प्रहरी इन्चार्ज दलबहादुर खत्रीका अनुसार उक्त महिना सबैभन्दा बढी १ सय ९२ वटा मोटसाइकल कारबाहीमा परेका छन् । यस्तै कार–जीप–भ्यान १ सय ७२, टयाक्टर ६८, ट्रक ४६, बस १०, अटो–टेम्पो ८ र टिप्पर ४ वटालाई कारबाही गरिएको छ ।
मादक पदार्थ सेवन गरी चलाइएका ४, बिना लाइसेन्सका ६९, साथमा कागजात नबाकेका २ सय ८८, लापरबाही गरी चलाइएका १ सय ३६ र बिना रुट अनुमति चलाइएका ३ वटा सवारी साधनका चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरी इन्चार्ज खत्रीले जानकारी दिनुभयो । ती सवारी साधन कारबाहीबाट ३ लाख ६३ हजार राजस्व संकलन गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
