Thursday, April 16News That Matters

सल्लेका ९२ जना जेष्ठ नागरिक सम्मानित


खोटाङ, चैत ६ । हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेका ९२ जना जेष्ठ नागरिक सम्मानित भएका छन् । वडाका ५१ जना महिला र ४१ जना पुरुष गरी ९२ जना जेष्ठ नागरिकलाई वडा कार्यालयले सम्मान गरेको हो ।

जेष्ठ नागकिरलाई सम्मान गर्न वडा कार्यालयले आज कार्यक्रमनै आयोजना गरेको थियो । वडा कार्यालयद्वारा आयोजीत कार्याक्रममा हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राई र उपमेयर बिमला राईले दोसल्ला ओडाएर सम्मापत्रले सम्मान गर्नुभएको मेयर राईको सचिवालयले जानकारी दिएको छ ।