
खोटाङ, चैत २१ । नेपाली कांग्रेसको स्थानीय तह निर्वाचन घोषणापत्र तयारी समितिमा खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राई मनोनीत हुनुभएको छ ।
गत फागुन ३ गते बसेको कांग्रेस केन्द्रीय कार्यसम्पदान समितिको बैठकले महामन्त्री गगनकुमार थापाको संयोजकत्वमा ‘स्थानीय तह निर्वाचन–२०७९, घोषणापत्र तयारी समति’ गठन गरेको थियो । प्रधानमन्त्रीसमेत रहनुभएका कांग्रेस सभापति शेरबहादुर देउवाले घोषणापत्र तयारी समितिमा सोमबार थप २७ जना मनोनीत गर्दा राई पनि समितिको सदस्यमा अटाउनुभएको हो ।
समितिमा मनोनीत राई नेपाली कांग्रेस प्रदेश १ का महामन्त्रीसमेत हुनुहुन्छ ।

