
खोटाङ, चैत २१ । खोटाङमा १५ महिनादेखि १५ वर्षसम्मका करिब ५२ हजार बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय खोटाङले सोमबार अन्तरक्रिया कार्यक्रम आयोजना गरेर चैत २९ गतेदेखि वैशाख ४ गतेसम्म जिल्लाका बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइने जानकारी दिएको हो ।
कार्यालयका प्रमुख पुण्यप्रसाद सिग्देलले खोप लगाउनका लागि जिल्लाका दशवटै पालिकामा गरी ७ सय ११ खोप केन्द्र निर्धारण गरिएको र १ हजार ४ सय ४२ जना स्वयंसेवक र ७ सय २७ जना खोप कार्यकर्ता परिचालन गरिने बताउनुभयो ।
