Thursday, April 16News That Matters

खोटाङ : ट्याक्टर दुर्घटना हुँदा दुई जना घाइते, एकको अवस्था गम्भीर

दुर्घटनाग्रस्त ट्याक्टर

खोटाङ वैशाख १० । खोटाङमा ट्याक्टर दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

जिल्लाको दिप्रुङ चुइचुम्मा गाउँपालिकाबाट बालुवा र आलु लिएर दिक्तेलतर्फ आउँदै गरेको ना ६ त ८२३१ नम्बरको ट्याक्टर साकेला गाउँपालिका–५ मात्तिमस्थित डाँडाटोलमा आज साँझ ५:२० को समयमा दुर्घटना भएको हो । ट्याक्टर सडकबाट करिब २५/३० मिटर तल खसेको छ । ट्याक्टरमा सवार सोही गाउँका ४९ वर्षका शुक्रराज राई र ४५ वर्षका दिलीप राई घाइते भएका जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सागर साहले जानकारी दिनुभयो । ट्याक्टर चालक फरार रहेका र उनको खोजी भइरहेको प्रहरीको भनाइ छ ।

घाइते दुवै जनाको जिल्ला अस्पताल दिक्तेलमा उपचार भइरहेको छ । घाइतेमध्ये शुक्रराजको अनुहारमा गहिरो चोट छ । उनको एउटा आँखासमेत बाहिर निस्केको जिल्ला अस्पताल खोटाङले जनाएको छ ।