Saturday, April 18News That Matters

खोटाङमा एक जना दलित महिला वडा सदस्य निर्विरोध

खोटाङ, वैशाख १७ । खोटाङमा एक जना दलित महिला वडा सदस्य निर्विरोध निर्वाचित भएकी छन् । खोटेहाङ गाउँपालिका–५ को दलित महिला वडा सदस्यमा बत्तीमाया परियार निर्विरोध निर्वाचित हुनुभएको हो । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट उम्मेदवारी दिनुभएकी परियार एकल उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित हुनुभएको जिल्ला निर्वाचन अधिकारी राजेश गौतमले जानकारी दिनुभयो ।