खोटाङ, वैशाख १७ । खोटाङमा आफ्नै नाबालिका छोरीलाई जबरजस्तीकरणी गरेको आरोपमा बुबा पक्राउ परेका छन् । ऐँसेलुखर्क गाउँपालिका–५ महेश्वरीका ५१ वर्षीय पुरुष आफ्नै १२ वर्षकी नाबालिका छोरीलाई जबरजस्तीकरणी गरेको आरोपमा पक्राउ परेका हुन् ।
नाबालिका छोरीको घाँटी समाई डर–त्रास देखाएर जबरजस्तीकरणी गरेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय ऐँसेलुखर्कबाट खटिएको प्रहरी टोलीले उनलाई शुक्रबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक शंकरप्रसाद चौधरीले जानकारी दिनुभयो ।
पक्राउ परेका पुरुषको नाम प्रहरीले गोप्य राखेको छ । पक्राउ परेका उनीमाथि हाडनाता जबरजस्तीकरणी कसुरमा म्याद थप गरी प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको चौधरीले बताउनुभयो ।
