
खोटाङ, जेठ २ । खोटाङको रावाबेसी गाउँपालिका–५ दुवेकोलको वडाध्यक्षमा नेपाली कांग्रेसका मनकुमार गुरुङ विजयी हुनुभएको छ । एमालेको किल्ला मानिने दुवेकोलमा कांग्रेसका गुरुङ १ सय १३ मतान्तरले विजयी हुनुभएको छ ।
गुरुङले ३ सय ५ मत ल्याएर विजयी हुँदा उहाँका प्रतिस्पर्धी एमालेका गणेस थापा मगरले १९२ मत पाउनु भएको छ । मगर निर्वतमान वडाध्यक्ष समेत हुनुहुन्छ । जनता समाजवादी पार्टीका वडाध्यक्षका उम्मेद्वारले ४६ र माओवादी केन्द्रका उम्मेद्वारले १३ मत पाउनुभएको छ । अन्य वडा सदस्यमा भने एमालेका २ जना र कांग्रेसका २ जना विजयी हुनुभएको छ ।
