Saturday, April 18News That Matters

केपिलासगढी गाउँपालिका अध्यक्षमा कांग्रेसका समिर, उपाध्यक्षमा जसपाका गुरुराज


खोटाङ, जेठ २ । खोटाङको केपीलासगढी गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा जनता समाजवादीका उम्मेदवार विजयी भएका छन् । नेकपा एकीकृत समाजवादीका उम्मेदवार माइतीराज राई र नेकपा एमालेका उम्मेद्वार कृष्णकुमार राईलाई हराउदै गाउँपालिका अध्यक्षमा कांग्रेसका समिर राई विजयी हुनुभएको हो । पराजित कृष्ण कुमार राई निर्वतमान अध्यक्ष हुनुहुन्छ भने निर्वाचित समिर राई अघिल्लो निर्वाचनमा पराजित हुनुभएको थियो ।

गाउँपालिका अध्यक्षमा निर्वाचित समिरले २२४४ मत पाउनुभएको छ भने एसका माइतीराजले १८०८ मत र एमालेका कृष्णकुमार राईले १७४४ मत पाउनु भएको छ । उपाध्यक्षमा जनता समाजवादीका उम्मेदवार गुरुराज राई विजयी हुनुभएको छ । नेकपा माओवादी, एकीकृत समाजवादीको समर्थनमा जनता समाजवादीका राईले १९८३ मत ल्याएर विजयी हुनुभएको हो । एमालेकी उम्मेदवार मैया सुनुवारले १७६१ मत र काग्रेसकी राधा पुरीले १७४५मत पाउनु भएको छ ।

केपिलासगढी गाउँपालिका
अध्यक्ष : समिर राई (कांग्रेस)
उपाध्यक्ष : गुरुराज राई (जसपा)

१ नम्बर वडाध्यक्ष निरकुमार राई (कांग्रेस)
२ नम्बर वडाध्यक्ष मिलन राई (एस)
३ नम्बर वडाध्यक्ष तुलाराम राई (एस)
४ नम्बर वडाध्यक्ष खड्ग तामाङ (माओवादी)
५ नम्बर वडाध्यक्ष हिमालभक्त राई (माओवादी)
६ नम्बर वडाध्यक्ष गोपाल राई (कांग्रेस)
७ नम्बर वडाध्यक्ष तेज राई (जसपा)