खोटाङ, जेठ २ । खोटाङको बराहपोखरी गाउँपालिकामा पुनः शालिकराम बन्जरा निर्वाचित हुनुभएको छ । अघिल्लो निर्वाचनमा गाउँपालिका अध्यक्षमा निर्वाचितहुनुभएका बन्जरा थप पाँच वर्षे कार्यकालकोलागि निर्वाचित हुनुभएको हो । गठबनधनको तर्फबाट बन्जराले ३ हजार १ सय ८१ मत पाएर विजयी हुँदा एमालेकी गोमा मगरले २ हजार ३ सय ३० मत पाउदै पराजित हुनुभएको छ । मगर गाउँपालिका निर्वतमान उपाध्यक्ष हुनुहुन्छ ।
यस्तै उपाध्यक्षमा गठबन्धनबाट एकीकृत समाजवादीका भुवलराज राई निर्वाचित हुनुभएको छ । राईले २ हजार ६ सय ९४ मत पाएर विजयी हुँदा उहाँका प्रतिस्पर्धी एमालेका जीवन राईले २ हजार २ सय ९५ मत पाउनु भएको छ ।
बराहपोखरी गाउँपालिका
अध्यक्ष : शालिकराम बन्जरा (कांग्रेस)
उपाध्यक्ष : भवलराज राई (एस)
१ नम्बर वडाध्यक्ष ढकबहादुर कार्की (कांग्रेस)
२ नम्बर वडाध्यक्ष पदम मगर (माओवादी)
३ नम्बर वडाध्यक्ष ताराकान्त राई (एमाले)
४ नम्बर वडाध्यक्ष सन्तोष आचर्य (कांग्रेस)
५ नम्बर वडाध्यक्ष फौदराज राई (एमाले)
६ नम्बर वडाध्यक्ष दुर्गाबहादुर राई (मओवादी)
