Friday, April 17News That Matters

ऐँसेलुखर्क गाउँपालिकाअध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेस विजयी

नवनिर्वाचित अध्यक्ष राई

खोटाङ, जेठ २ । खोटाङको ऐँसेलुखर्क गाउँपालिका अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेस विजयी भएको छ । पालिका अध्यक्षमा गठबन्धनका उम्मेद्वार माओवादीका श्री बहादुर राईलाई पछि पार्दै एमालेका गिरेन्द्र बहादुर राई विजयी हुनुभएको हो । उपाध्यक्षमा भने एमालेकी पुस्पकला भुजेललाई हराउदै गठबन्धनबाट कांग्रेसका राजेश राजभण्डारी विजयी हुनुभएको छ ।

पालिका अध्यक्षमा निर्वाचित गिरेन्द्र बहादुर राईले २ हजार ६ सय ६ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिस्पर्धी श्री बहादुर राईले २ हजार ४ सय ८० मत प्राप्त गर्नुभएको छ । यस्तै पालिका अध्यक्षमा नेपाली कांग्रेसका बागी उम्मेद्वार सन्तविर तामाङले १ हजार ६ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा निर्वाचित राजभण्डारीले ३ हजार १ सय ४६ मत पाएर विजयी हुँदा उहाँका प्रतिस्पर्धी भुजेलले २ हजार ५ सय ९५ मत पाउनु भएको छ ।

ऐँसेलुखर्क गाउँपालिकाका
अध्यक्ष : गिरेन्द्र बहादुर राई (एमाले)
उपाध्यक्ष : राजेश राजभण्डारी (कांग्रेस)
१ नं. वडा अध्यक्ष : पुरूषोत्तम राजभण्डारी (माओवादी)
२ नं. वडा अध्यक्ष : नन्द बहादुर तामाङ (एमाले)
३ नं. वडा अध्यक्ष : टेकेन्द्र राजभण्डारी (एमाले)
४ नं. वडा अध्यक्ष : भक्त बहादुर तामाङ (माओवादी)
५ नं. वडा अध्यक्ष : टंकराम राई (कांग्रेस)
६ नं. वडा अध्यक्ष : सुनिल राई (कांग्रेस)
७ नं. वडा अध्यक्ष : अरूण राई (एमाले)