Friday, April 17News That Matters

रावाबेसीमा एमालेले खाता खोल्यो, लामिडाँडाको वडाध्यक्षमा बिरेन्द्र मगर विजयी

निर्वाचित वडाध्यक्ष मगर

खोटाङ, जेठ १ । खोटाङको रावाबेसी गाउँपालिकामा नेकपा एमालेले खाता खोलेको छ । वडा नम्बर ३ लामिडाँडामा एमालेका बिरेन्द्र मगर वडाध्यक्षमा विजयी भएसँगै सो पालिकामा एमालेले खाता खोलेको हो ।

मगरले ७०७ मत ल्याएर निर्वाचित हुँदा नेपाली कांग्रेसका बिदुर खतिवडाले ६६४ मत पाउनु भएको छ । खतिवडा अघिल्लो निर्वाचनमा भारी मतान्तरले विजयी हुनुभएको थियो । तर दोस्रो कार्यकालकालागि उम्मेद्वार दिनुभएका खतिवडा पराजित हुनुभएको हो । अन्य वडा सदस्यमा भने नेपाली कांग्रेसका उम्मेद्वारहरु विजयी हुनुभएको छ ।

गठबन्धनकाबाट पालिका अध्यक्षका उम्मेद्वार फट्टिक श्रेष्ठको वडा समेत रहेको लामिडाँडाको वडाध्यक्षमा एमाले विजयी भएको हो । एमालेका उम्मेद्वार हरी पोखरलेको वडा समेत रहेको खार्पामा भने कांग्रेसको प्यानल विजयी भएको छ । यस्तै वडा नम्बर कुभिण्डेमा पनि नेपाली कांग्रेसको प्यानलनै विजयी भएको छ ।

पालिका अध्यक्ष उपाध्यक्षमा गठबन्धनका उम्मेद्वारहरुको अग्रता कायमै छ ।