Friday, April 17News That Matters

जन्तेढुंगा : गठबन्धनबाट अध्यक्षमा माओवादीकी अरुणादेवी र उपाध्यक्षमा कांग्रेसका खेमबाहदुर विजयी


खोटाङ, जेठ १ । खोटाङको जन्ते ढुंगा गाउँपालिकामा गठबन्धनका उम्मेद्वार विजयी भएका छन् । गाउँपालिका अध्यक्षमा प्रमुखमा नेकपा माओवादी केन्द्रकी अरुणादेवी राई र उपाध्यक्षमा नेपाली कांग्रेसका खेमबहादुर खड्का विजयी हुनुभएको हो ।

नेकपा एमालेका उम्मेद्वार एवं निर्वतमान अध्यक्ष र उपाध्यक्ष शंखर बहादुर राई र बिमला राई पराजित हुनुभएको छ । अध्यक्षमा निर्वाचित माओवादीकी अरुणादेवी राईले २८८१ मत ल्याउर विजय हासिल गर्नु भएको हो भने उहाँका प्रतिस्पर्धी एमालेका शंखर बहादुर राईले २५७५ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा निर्वाचित कांग्रेसका खड्काले २८०५ मत ल्याएर विजयी हुनुभएको हो भने उहाँका प्रतिस्पर्धी एमालेकी राईले २४९५ मत पाउनु भएको हो । 

६ वडा रहेको जन्तेढुंगा गाउँपालिकामा कांग्रेस ३, माओवादीले २ र एमालेले १ वडामा जीत हात पारेका छन् । वडा नं १ मा माओवादीका केदारमान राई, वडा नं २ मा माओवादीका मस्तबहादुर राई, ३ मा कांग्रेसका तारामान राई, ४ मा एमालेका विदुरमान राई, ५ मा कांग्रसका धनबहादुर राई र ६ नं वडाको अध्यक्षमा कांग्रेसका सागर राई निर्वाचित भएका हुनुभएको छ ।