
खोटाङ, जेठ १ । खोटाङको ऐँसेलुखर्क गाउँपालिका–६ ज्यामिरेमा गठबन्धनका उम्मेद्वार विजयी भएका छन् । गठबन्धनबाट नेपाली कांग्रेसका सुनिल राई २७३ मत ल्याएर वडाध्यक्षमा विजयी हुनुभएको हो ।
नेकपा एमालेका बालकुमार राई २३३ मत प्राप्त गर्नुभएको छ । निर्वाचित सुनिल राई अघिल्लो निर्वाचनमा एमालेका उम्मेद्वारसँग परिाजित हुनुभएको थियो ।
वडा सदस्यमा गठबन्धनबाट माओवादीका उम्मेद्वारहरु विजयी भएका छन् ।
