Friday, April 17News That Matters

हरी पोखरेलको वडामा फट्टिक श्रेष्ठ अगाडि, खार्पामा कांग्रेसको प्यानल विजयी

निर्वाचित वडाध्यक्ष बस्नेत र निर्वाचित वडा सदस्य दिपक राई

खोटाङ, जेठ १ । खोटाङको रावाबेसी गाउँपालिका–२ खार्पामा नेपाली कांग्रेसका उम्मेद्वारहरु विजयी भएका छन् । वडाध्यक्षमा डोलराज बस्नेत सहित प्यानलनै विजयी भएको हो ।

बस्नेतले २७२ मत ल्याएर विजयी हुदाँ एमालेका सन्जिब मगर ले २०९, माओवादीका शारदा प्रसाद पोखरेलले १२५, एसका उम्मेद्वारले ९४, स्वतन्त्र उम्मेद्वारले २१ र जसपाका उम्मेद्वारले ४ मत प्राप्त गर्नुभएको छ ।

खार्पा नेकपा एमालेबाट गाउँपालिका अध्यक्षका उम्मेद्वार रहनुभएका हरी पोखरलेको वडा भएपनि गठबन्धनका उम्मेद्वार फट्टिक श्रेष्ठले बढी मत पाउनु भएको छ । पोखरेललाई खार्पाबाट ३२५ मत आउदा श्रेष्ठको पक्षमा ३४७ मत रहेको छ ।