Friday, April 17News That Matters

बाहुनीडाँडाँमा एमाले र माओवादी गठबन्धनका उम्मेद्वारलाई हराउदै कांग्रेसको प्यानल विजयी

खोटाङ, जेठ १ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका– १ बाहुनिडाँडामा नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धनका उम्मेद्वारलाई पराजित गर्दै नेपाली कांग्रेसका उम्मेद्वार विजयी भएका छन् । वडाध्यक्षमा रुद्रकुमार राई ४८८ मत ल्याएर प्यानल सहित विजयी हुनुभएको हो ।

अघिल्लो निर्वाचनमा पनि वडाध्यक्षमा निर्वाचित हुनुभएका राई पुनः वडाध्यक्षमा विजयी हुनुभएको छ ।

वडाध्यक्षमा माओवादी केन्द्रका उम्मेद्वारले ४०६ र एमालेका उम्मेद्वारले ३३५ मत पाउनु भएको छ । एमाले र माओवादी बिच गुपचुप गठबन्धन भएको यस नगरपालिकामा बाहुनिडाँडा माओवादीको भागमा परेको थियो ।

नगरपालिका प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेद्वारको अग्रता छ ।