Friday, April 17News That Matters

रावाबेसी–१ कुभिण्डे : फराकिलो मतान्तरसहित कांङग्रेसको प्यानल विजयी

वडाध्यक्षमा निर्वाचित राई

खोटाङ, वैशाख ३१ । खोटाङको रावाबेसी गाउँपालिका–१ कुभिण्डेमा फराकिलो मतान्तरले नेपाली कांङग्रेसको प्यानल विजयी भएको छ । नेकपा माओवादी र एमालेका उम्मेद्वारलाई फराकिलो मतअन्तरले पछि पार्दै कांङग्रेसका गेहेन्द्रमान वडाध्यक्षमा निर्वाचित हुनुभएको हो ।

राईले ४३२ मत ल्याएर विजयी हुँदा मओवादीका ककुमार राईले २१३ र एमालेका रामबहादुर राईले २०७ मत पाउनु भएको छ । वडा सदस्यामा पनि कांङग्रेसका उम्मेद्वारहरु विजयी भएका छन् । यस वडामा अघिल्लो स्थानीय तहको निर्वाचनमा माओवादीले जितेको थियो भने हाल निर्वाचित राई पराजित हुनुभएको थियो ।

गाउँपालिकामा नेपाली कांङग्रेस र माओवादी केन्द्र बिच गठबन्धन भएपनि वडामा भने एक्ला एक्ले चुनावी मैदानमा उत्रिका थिए । यस वडाको मत परिणाम अनुसार गठबन्धनका उम्मेद्वारको अग्रता छ ।