
खोटाङ, वैशाख ३१ । खोटाङमा नेपाली काङग्रेसले खाता खोलेको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिकामा–१ याम्खामा कांङग्रेसका उम्मेद्वार विजयी भएसँगै खाता खोलेको हो ।
याम्खामा कांङग्रेसका केशव खत्रीले ३९२ मत प्राप्त गरेर प्यानलसहित विजयी हुनुभएको छ । माओवादी केन्द्रका राजेन्द्र राईले ३८० र एमालेका दिपबहादुर खत्रीले ३४४ मत प्राप्त गर्नुभएको छ । तीन राजनीतिक दलको कडा प्रतिस्पर्धा भएको याम्खामा कांङग्रेसका खत्रीले माओवादीका राईलाई १२ मतले पछि पार्दै विजयी हुनुभएको छ ।
यस्तै एमाले र माओवादीले पनि जिल्लामा खाता खोलिसकेका छन् । जन्तेढुंगा गाउँपालिका–१ मा माओवादी र बराहपोखरी गाउँपालिका– ५ मा एमालेका उम्मेद्वार वडाध्यक्षमा विजयी भएका छन् ।
