Friday, April 17News That Matters

बराहपोखरी–५ पौवासेरामा एमालेका फौदराज राई पुनः वडाध्यक्षमा विजयी

निर्वाचित वडाध्यक्ष राई

खोटाङ, वैशाख ३१ । खोटाङको बराहपोखरी गाउँपालिका–५ पौवासेरामा एमालेका फौदराज राई विजयी हुनुभएको छ । राईले ४६४ मत प्राप्त गरेर विजयी हुनुभएका हो । राई २०७४ सालमा भएको निर्वाचनमा पनि वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

नेपाली कांग्रेसका देबेन्द्र राईले ३०७, एकीकृत समाजवादीका हरीबहादुर मगरले १२२ र माओवादीका धुर्बजीत राईले ५५ मत पाउनु भएको छ । वडा सदस्यामा एक जना कांग्रेसबाट निर्वाचित हुनुभएको छ भने अन्य एमालेबाटै हुनुहुन्छ ।

गाउँपालिका अध्यक्ष र उपाध्याक्षमा चार दलीय गठबन्धनलाई पछि पार्दै एमालेका उम्मेद्वारले अग्रता कायमै राखेका छन् ।