खोटाङ, ३१ बैसाख । खोटाङको जन्तेढुंगा गाउँपालिका–१ देबिस्थानमा गठबन्धनले जीत हात पारेको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी गरी चार दलीय गठबन्धनबाट उठ्नु भएका माओवादी केन्द्रका केदारमान राई विजयी हुनु भएको छ ।
उहाँले ४५९ मत ल्याएर वडाध्यक्षमा निर्वाचित हुनुभएको हो । एमालेका बलराम राईले ४५१ मत प्राप्त गर्नुभएको छ । एमालेका बलरामलाई ९ मतले हराएर गठबन्धनका राई केदारमान निर्वाचित हुनुभएको हो ।
वडा सदस्यमा एमालेबाट १ जना र अन्य गठबन्धनबाटै निर्वाचित हुनुभएको छ ।
पालिका अध्यक्ष र उपाध्यक्षमा पनि गठबन्धनका उम्मेद्वार अगाडि छन् ।
