Friday, April 17News That Matters

रावाबेसीमा २ सय मत गणना हुँदा गठबन्धन अगाडि


खोटाङ, वैशाख ३१ । खोटाङको रावाबेसी गाउँपालिकामा राती १ः३० बजेबाट मत गणनाा सुरु भएको छ । वडा नम्बर १ कुभिण्डे बाट सुरु गरिको मत गणनामा हाल सम्म २ सय मत गणना भएको मुख्य निर्वाचन अधिकृत लाल बहादुर कार्कीले जानकारी दिनुभयो ।

सुरुवाती प्ररम्भिक परिणाम अनुसार नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धन अगाडि रहेको छ । गठबन्धनबाट अध्यक्षका उम्मेद्वार फट्टिक कुमार श्रेष्ठले ९७ मत ल्याउदै अग्रता लिनुभएको छ भने एमालेबाट अध्यक्षका उम्मेद्वार हरी पोखरेलले ६८ र जसपाकाका मोहन गुरुङले १० मत प्राप्त गर्नुभएको छ । यस्तै उपाध्यक्षमा गठबन्धनका लिलानारायण श्रेष्ठले ९५ मत पाउदा एमालेका उपाध्यक्षका उम्मेद्वार गुरुङले ७० मत पाउनु भएको छ ।

वडामा कांग्रेसको अग्रता छ । कांग्रेसका उम्मेद्वारले ८५, एमालेका उम्मेद्वारले ५१, माआवादीका उम्मेद्वारले ५५ र जसपाका उम्मेद्वार २ मत प्राप्त गरेका छन् ।