Friday, April 17News That Matters

खोटाङमा मादक पदार्थ विक्री वितरण र सेवन गर्न रोक

सांकेतिक तस्विर

खोटाङ, वैशाख २७ । खोटाङमा मादक पदार्थ विक्री वितरण र सेवन गर्न रोक लगाइएको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन स्वच्छ, निष्पक्ष, भयरहित वातावरणमा शान्तिपूर्ण तरिकाले सम्पन्न गर्नका लागि मंगलबारबाट मादक पदार्थ विक्री वितरण र सेवन गर्न रोक लगाइएको हो । विक्री वितरण र सेवनसँगै ओसारपसारमा पनि रोक लाइएको जिल्ला प्रशासन कार्यालय खोटाङले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले सोमबार सूचना जारी गर्दै स्थानीय तह निर्वाचन निर्देशिका २०७८ को दफा ७१ (मादक पदार्थ निषेध गर्ने) मा भएको व्यवस्था अनुसार २७ वैशाख राती ११ः५९ बजेदेखि मतदानको कार्य सम्पन्न नभएसम्मका लागि जिल्लाभित्र मादक पदार्थ ओसारपसार, विक्री वितरण र सेवन कार्य नगर्नु÷नगराउनु आग्रह गर्नुभएको हो ।

मतदान हुने दिन ३० बैशाख बिहान ४ बजेदेखि सोही दिन राती १० बजेसम्म जिल्लाभित्र सुरक्षा निकाय, एम्बुलेन्स, दमकल, विधुत सेवा, अस्पताल सेवा, शव वाहन, दुरसञ्चार सेवा जस्ता अत्यावश्यक बाहेकका सवारी साधन सञ्चानमा रोक लगाईएको छ ।

यसैविच, २६ बैशाखदेखि २९ बैशाखसम्म प्रशासन कार्यालयबाट अत्यावश्यक सेवा, शान्तिसुरक्षा, मुद्दा थुनछेक आदेश बाहेकका अन्य सेवा प्रवाह स्थगित गरिएको प्रजिअ दाहालले बताउनुभयो ।