Saturday, April 18News That Matters

बालेनको हारजितमा खसी बाजी राख्ने खोटाङका दुई जना पक्राउ

खोटाङ, जेठ २ । काठमाण्डौ महानगरपालिकाको स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहको हारजितमा खसी बाजी राख्ने खोटाङका दुई जना पुरुष पक्राउ परेका छन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ का विजय फूयल र सोही ठाउँका रमेश खड्कालाई प्रहरीले आज अपरान्ह पक्राउ गरेको हो । उनीहरुलाई दिक्तेलबजारबाट पक्राउ गरिएको डिएसपी उमेश लम्सालले जानकारी दिनुभयो ।

उनीहरुलाई सट्टेबाजीको कसुरमा नियन्त्रणमा लिएर सत्यतथ्य अनुसन्धान भईरहेको डिएसपी लम्सालले बताउनुभयो । सट्टेबाजी पूष्टि भएमा वर्षदिनसम्म कैद हुने कानुनी व्यवस्था छ ।

बालेन्द्रले चुनाव जितेमा रमेशले विजयलाई २८ केजीको खसी दिने र बालेन्द्र हारेमा विजयले रमेशलाई २८ केजी वरावरको रकम भुक्तानी दिने भनि उनीहरुले कागज गरेका थिए ।