खोटाङ, जेठ २ । खोटाङको साकेला गाउँपालिकाको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी निर्वाचित भएको छ । अध्यक्षमा कांग्रेसका रविप्रकाश राई निर्वाचित भएका हुनुभएको हो । उहाँले माओवादी केन्द्रका अर्जुनकुमार खड्कालाई पराजित गर्नुभएको छ ।
राईले १ हजार ८५० मत र खड्काले १ हजार ७७२ मत पाउनु भएको छ । खड्का निवर्तमान अध्यक्ष पनि हुनुहुन्छ । यसअघि यो पालिकामा अध्यक्ष माओवादी र उपाध्यक्षमा कांग्रेस निर्वाचित भएका थिए । तर यसअघि निर्वाचित भएका दुवै जना यसपटक पराजित हुनुभएको छ ।
उपाध्यक्षमा कांग्रेसकी सरिता खड्का माओवादीकी विर्सिका राईसँग पराजित हुनुभएको छ । विर्सिकाले २ हजार १२ र सरिताले १ हजार २२४ मत पाउनुभएको छ ।
