
खोटाङ, जेठ २ । खोटाङको रावाबेसी गाउँपालिका–६ हौँचुरको वडाध्यक्षमा नेपाली कांग्रेसका चिरनजीव कार्की विजयी हुनुभएको छ । एमालेले आफ्नो किल्ला मान्ने हौँचुरमा कांग्रेस विजयी भएको हो । यस अघि भएका सबै निर्वाचनमा एमालेले जित्दै आएको थियो भने कांग्रेसले पहिलो पटक जितेको छ ।
वडाध्यक्षमा कांग्रेस र वडा सदस्यमा भने एमालेका उम्मेद्वारहरु विजयी भएका छन् । वडाध्यक्षमा कार्कीले ४५२ मत ल्याएर विजयी हुँदा उहाँका प्रतिस्पर्धी एमालेका यज्ञनारायण श्रेष्ठले ४४१ मत पाउनु भएको छ । पराजित श्रेष्ठ निर्वतमान वडाध्यक्ष हुनुहुन्छ ।
यस्तै रावाबेसी गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका फट्टिक कुमार श्रेष्ठ विजयी हुनुभएको छ भने उपाध्यक्षमा एमालेकी कौशीला गुरुङ विजयी हुनुभएको छ ।
